मनकामनापोष्ट

Written by 8:18 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

स्थानीय तह निर्वाचन वैशाख ३० मै हुने प्रचण्डको निष्कर्ष


काठमाडौं,फागुन २३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते नै हुने बताएका छन् । अहिलेको परिस्थितिको विश्लेषण गर्दा वैशाखको स्थानीय चुनाव सर्ने अवस्था नरहेको बताए । यद्यपि प्रतिनिधिसभा विघटनको चर्चा चलिरहे पनि नतिजा त्यसतर्फ गइनसकेको बताए ।

यसअघि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आइतबार स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताएका थिए । प्रचण्डले संसद निरन्तर अवरोध भइरहे विघटनको विकल्पमा जान सकिने भने बताए । तर, प्रधानमन्त्री शेरबहादुर देउवा विघटनतिर जानेबारे सकारात्मक नभएको प्रचण्डको भनाइ छ । प्रचण्डले चुनाव वैशाख ३० मै हुने भएकाले तयारीमा होमिनुको विकल्प नभएको बताए ।

(Visited 1 times, 1 visits today)

HTML tutorial