शुभ नारायण कामती
सिरहा,फागुन २३ गते । विद्यालयको पठनपाठन ठप्प गरी नेपाली काँग्रेसको १४औं जिल्ला अधिवेशन अन्तर्गत सिरहाको गोलबजारमा मतदान जारी छ ।
पठनपाठन बन्द गरि भैरहेको मतदान सम्बन्धमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई अवरोध गरिएको छ । प्रहरीले समाचार संकलन गर्न पुगेका विभिन्न संचारमाध्यम आबद्ध पत्रकारलाई मतदानको रिपोर्टिङमा अवरोध गरेपछि आन्दोलनमा उत्रेको छ ।
लोकतान्त्रिक पार्टीको जिल्ला अधिवेशनको समाचार संकलनमा अवरोध भएपछि पत्रकारहरुलले क्यामारा लगायतका संचार सामग्री राखेर आन्दोलनमा उत्रेका छन् ।
अवरोधको विषयमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई जिज्ञासा राख्दा सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेकोले पत्रकारलाई विद्यालयको परिसर वाहिरैवाट समाचार संकलन गर्न सकिने भनेर रोक्न खोजेको नयाँ पत्रिका सिरहा संवाददाता सुरेन्द्र कुमार कामतीले बताएका छन् ।
नेपाल पत्रकार महासंघ सिरहाका सदस्य सुरेन्द्र कुमार कामतिको नेतृत्वमा विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरू घर्नामा बसेका छन् ।
विद्यालय बन्द गरि नेपाली काँग्रेसको निर्वाचन:समाचार संकलनमा अवरोध, पत्रकारहरु धर्नामा

(Visited 29 times, 1 visits today)