मनकामनापोष्ट

Written by 8:41 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते



नितेश कुमार पटेल
सर्लाही ।
सर्लाहीको हरिपुर्बा ९ खिल्हामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते

सर्लाहीको हरिपूर्बा नगरपालिका ०९ खिल्ला सडक खण्डमा बेलुका ६ बजे तिर बस ले विपरीत दिशा बाट मोटरसाइकललाई ठोकिँदा एकजना घाइते भएको छ ।

ना ५ ख ७२५६ नम्बरको प्रगती डिलक्स यात्रु बस र मोटरसाइकल स ४ प ४६९० नम्बरको मोटरसाइकललाई एक आपसमा ठोकिँदा करिब ४५ वर्षको मोटरसाइकल चालक महेश राउत गम्भीर घाइते भएको छ ।

प्रहरी चौकी गौरीशंकर प्रमुखका अनुसार उपचारको लागी नजिकको महारानी बजार हेल्थ किल्निकमा पुर्याएका थियो र उपचारको क्रममा किल्निक इन्चार्ज ले घाइतेको अवस्था गम्भीर रहेका कारणले थप उपचारको लागि प्रदेश २–०२००१ च ०६८८ नम्बर को एम्बुलेन्सले जनकपुरको काव्य हस्पिटल मा पठाइए को छ।

प्रहरीका अनुसार बस र बस चालक लाई गौरिशंकर चौकी बाट इलाका प्रहरी कार्यालयमा पठाइएको को चौकी प्रमुखले जानकारी गराएका छन्।

(Visited 10 times, 1 visits today)

HTML tutorial