मनकामनापोष्ट

Written by 7:32 am ताजा अपडेट, राष्ट्रिय, समाज, स्थानीय

सप्तरीका अग्निपिडित परिवारलाई क्लवले बाडे राहत



शुभ नारायण यादव
सप्तरी,चैत्र १ गते ।
धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा आगलागिबाट आहतलाई एउटा सानो सहयोग स्वरूप विभिन्न सामग्रीहरु वितरण गरेका छन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउपालिका वडा न.–४ स्थित टेंगरी टोलका अग्निपीडित परिवारहरूलाई राहत स्वरूप त्रिपाल झुल तन्ना धोती साड़ी थाल गिलास कराही डेकची र छोलनी लगायतका सामाग्रीहरू वितरण गरेको क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारी दिए ।
गत फाल्गुन २९ गते आगलागि हुदा अनुमानित करोड़ोंको धनजनको क्षति भएको थियो ।
उक्त राहत वितरणमा नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष व्यास शंकर उपाध्याय, आदिवासी जनजाति महासंघ सप्तरीको अध्यक्ष एवम् संचारकर्मी बृजमान तामांग,अहेव रामेश्वर यादव,साबिक प्रसवनी गाविसको निवर्तमान अध्यक्ष रामदेव यादव लगायतका व्यक्तिहरÞुको उपस्थिति रहेको थियो । आगलागिबाट त्यहाका झन्डै दश परिवारका ३२ घर जलेर दुई करोड भन्दा बढिको क्षति भएको थियो ।

(Visited 11 times, 1 visits today)

HTML tutorial