मनकामनापोष्ट

Written by 7:49 am अन्तर्राष्ट्रिय, ताजा अपडेट, राष्ट्रिय

युक्रेनी अधिकारीले रुससँगको युद्ध कहिले र कसरी समाप्त हुने बताए



एजेन्सी
काठमाडौं,चैत्र १ गते ।
युक्रेनी अधिकारीले रुससँगको युद्ध कहिले र कसरी समाप्त हुन्छ भन्नेबारे अनुमान गरेका छन् । युक्रेनका राष्ट्रपतिका सल्लाहकारले युक्रेन– रुस युद्ध मेको सुरुवातसम्म समाप्त हुने आँकलन गरेका छन् । रुससँग युक्रेनमाथि हमला गर्नका लागि स्रोत साधन सिद्धिएपछि युद्ध रोकिन सक्ने अनुमान उनले व्यक्त गरेका छन् ।

राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोविचले सोमबार भने, ‘मलाई लाग्छ कि मे को अन्त्यमा होइन, मेको सुरुवातमा हामीबीच शान्ति सम्झौता हुनेछ ।’रुस–युक्रेन युद्धको मे महिनाको स्थितिको विषयमा उनले दुईवटा सम्भावना व्यक्त गरेका छन् ।

उनले भने, ‘एक वा दुई शान्ति सम्झौता हुनसक्छन् र सेना फिर्ता जान सक्छन् । वा दोस्रो राउन्डमा सिरियाली लडाकूलाई प्रयोग गर्ने कोसिस हुनसक्छ । जब हामीले उनीहरुलाई पनि परास्त गर्नेछौँ तब मध्य अप्रिल वा अन्त्यमा सम्झौता हुनसक्छ ।’ यसअघि अमेरिकाले रुसले युक्रेनमा लडाईंका लागि सिरियाली लडाकुलाई प्रयोग गर्ने कोसिस गरिरहेको दाबी गरेको थियो । यद्यपि, यो दाबीको पुष्टि भने हुन सकेको छैन ।ओलेक्सी अरेस्टोविच युक्रेन र रुसको कुराकानीमा समावेश छैनन् ।

(Visited 5 times, 1 visits today)

HTML tutorial