मनकामनापोष्ट

Written by 10:28 am ताजा अपडेट, राष्ट्रिय, समाज

ग्यास सिलिन्डर लिक भएर आगलागी हुदा एक जलेर नष्ट



रागिनी पंडित
सर्लाही,चैत १ गते ।
सर्लाहीको विष्णु गाउँपालिका वडा नं. ३ मधुवनगोठमा आगलागी हुँदा एक घर जलेर नष्ट हुनुका साथै करिब दुई लाख पचास हजार बराबरको क्षति भएको छ । स्थानीय मधुवनगोठ बस्ने रामकृत मण्डलको खपराले छाएको कच्ची घरमा खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आगलागीले घरमा भएको अन्न लताकपडा गरगहना गरी करिव २ लाख ५० हजारको क्षति भएको प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए । प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमामा लिइएको हो । आगोले कुनै मानवीय चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ

(Visited 23 times, 1 visits today)

HTML tutorial