मनकामनापोष्ट

Written by 10:14 am मधेस प्रदेश, राजनीति, राष्ट्रिय

नेपाली काँग्रेस कल्याणपुर नगर पार्टी कार्यालयको उद्रघाटन



सिरहा,चैत्र २ गते । भर्खरै सम्मपन्न नेपाली काँग्रेसका नव निर्वाचित जिल्ला सभापति रामचन्द्र यादवको प्रमुख आतिथ्यमा तथा कल्याणपुर नेपाली काँग्रेसका नगर कार्य समितिका सभापति कृष्ण प्रसाद साहको अध्यक्षतामा चैत्र १ गते मंगलवार कल्याणपुर ११ मा नगर कार्य समितिको कार्यालयको उद्रघाटन कार्यक्रम सम्मपन्न भएको छ ।

कार्यक्रममा कल्याणपुर नगरपालिकाका निमित्त नगर प्रमुख नेपाली काँग्रेस पार्टीवाट निर्वाचित रोहिणी यादवले आगामी स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई सफलताको लागि पार्टीमा भर्खरै सम्मपन्न जिल्ला कमिटीको निर्वाचनमा उत्पन्न अन्तरबिरोधलाई अन्त्य गर्नू पर्ने आवश्यकता छ ,र यसको लागि निर्वाचित पदाधिकारीहरुको सबभन्दा ठूलो जिम्मेवारी आएको छ । असन्तुष्ट पक्ष पनि नेपाली काँग्रेस कै सिद्घान्तलाई स्वीकार्ने भएकोले निर्वाचनमा असन्तुष्ट समूहलाई पनि समेटेर नेपाली काँग्रेसको अस्तित्व बचाउने जिम्मेवारी पार्टीका प्रमुख नेताहरुको काँधमा आइ परेको अवस्थालाई चित्रित गर्नु भयो ।

कार्यक्रममा विशिष्ठ अतिथिमा पूर्व नेपाली काँग्रेसका सम्बिधान सभा सदस्य मो.मोखतार अहमद,क्षेत्रीय सभापति सीताराम यादव उप सभापति जागेश्वर मण्डल,प्रदेश कार्य समिति सदस्य मो. अख्तर अलि,अधिवेशन प्रतिनिधि ज्ञान यादव,जि.स. सचिव राम बाबू यादव पूर्व मेयर सूर्यनाथ मण्डल,क्षेत्रीय सचिव शिव कुमार साह लगायत ििअथहरुराजेन्द्र प्रसाद सिंह,इन्द्र नारायण यादव विनोद कुमार सा लगायत नेपाली काँग्रेसका कार्यकर्ताहरुको समेत उपस्थिति रहेको नगर कमिटिका सभापति कृष्ण प्रसाद साहले बताएका छन् ।

(Visited 60 times, 1 visits today)

HTML tutorial