मनकामनापोष्ट

Written by 10:23 am ताजा अपडेट, राष्ट्रिय, सुरक्षा/अपराध

सशस्त्र प्रहरी द्वारा अबैध चल्ला नष्ट



कृष्णनगर, चैत्र २ गते । कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं १२ नरैनापुर नजिक भारत बाट अबैध रूपमा नेपाल तर्फ ल्याउदै गरेको अबैध बोईलर कुखुराको चल्ला विशेष सूराकी को अधारमा वि. ओ. पि. कृष्णानगरका सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्य को कमाण्डमा खटिएको ७ जनाको टोली तथा वि.ओ. पि. विजयनगर बाट सशस्त्र प्रहरी निरिक्षक कृष्ण केसीको कमाण्डमा खटिएको सात जनाको संयुक्त टोलीले रात्रिमा समातेको र प्रहरी देखन साथ चल्ला लयाउदै गरेका मान्छे समेत भागेको जानकारी भएको छ।

बरामद गरिएका १५०० गोटा ब्रोईलर कुखुराको अवैध चल्ला अनदाजी मूल्य एक लाख बिस हजार पर्ने सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ ।

उक्त अबैध बरामद गरिएको चल्ला वि. ओ. पि. कृष्णनगरको प्रांगणमा पत्रकार, पशु क्वारेन्टाईनका प्रतिनिधि, स्थानीय भद्रभलादमीको रोहबरमा स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ८र ९ अनुसार खाल्डो खनी नष्ट गरिएको जानकारी बोर्डर आउट पोष्ट कृष्णनगरले दिएको छ ।

(Visited 10 times, 1 visits today)

HTML tutorial