मनकामनापोष्ट

Written by 10:29 am ताजा अपडेट, राष्ट्रिय, समाज

कृष्णनगरको बसपार्क व्यावस्थापनमा नगरपालिकाले सहकार्य गर्ने ः नगर प्रमुख शाह


कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा बसपार्कको उद्घाटन गरिएको छ जिल्लाको सबैभन्दा पुरानो बजारको रुपमा चिनने कृष्णनगरमा बसपार्कको उद्घाटन गरिएको हो ।

यहाँ अहिले सम्म बसपार्क नहुनाले सवारी साधन पर्किङ गर्नमा समस्या रहेको ले सावरी साधनहरू सडकमै पर्किङ हुँदै आएको थियो ! सवारीसाधन सडकमा पर्किङ गर्नाले बढी दुर्घटनाको पनि समस्या देखिको थियो ।

बसपार्क उद्घाटन कार्यक्रममा बोल्दै कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य सांसद अभिषेक प्रताप शाहले बसपार्क व्यवस्थापन भए कृष्णनगरको मुहार फेरिने बताउनुभयो । विगत लामो समय पश्चात् मात्र यहाँ बसपार्क स्थापना गर्न पाउँदा निकै खुसी महसुस भएको बताउनुभयो । आउने दिनमा बसपार्कलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बसपार्क निर्माणमा नगरपालिकाले सहकार्य गर्ने बताउदै आफ्नो सक्दो सहयोग रहदै नगरपालिको तर्फबाट विकास निर्माणको कार्य अघि बढिरहेको आउने दिनमा कृष्णनगर जिल्लामा विकासमा फड्को मार्ने प्रमुखले जानकारी दिनु भएको हो ।

कृष्णनगर विद्युत् कार्यालय अगाडी रहेको खाद्य संस्थानको जग्गा लिजमा लिएर बसपार्क निर्माण गरिएको छ । अलिशा सप्लायर्सले बसपार्क सञ्चालन गरेको व्यवस्थापक नसरुल्लाह खानले जानकारी दिनुभयो । कुल १ विघा ७ कठा ३ धुर जग्गामा रु ३० लाखको लागतमा बसपार्क सञ्चालन गरिएको खानले जानकारी दिनु भएको हो ।

कृष्णनगर यातायात प्रा.ली. जावेद आलम खानको अध्यक्षमा बसपार्कको उद्घाटन गरिएको हो । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी अध्यक्ष दधिराम खरेल, समाजसेवी मङ्गल प्रसाद गुप्ता, मौलान मशहूद खां नेपाली, तुफेल खान, शाहिद खान, दिनेश चन्द गुप्ता लगायत समाजसेवी, पत्रकार, सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

(Visited 4 times, 1 visits today)

HTML tutorial