मनकामनापोष्ट

Written by 4:18 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

सप्तरीमा लोसपामा प्रवेश गर्नेहरुको लहर शुरु



शुभ नारायण यादव
सप्तरी,चैत्र ३ गते ।
पछिल्लोपटक स्थानीय तहको चुनावको मिति नजिकिँदै जादा विभिन्न पार्टी प्रवेश गर्नेहरुको लहर शुरु भएको छ । सोहि क्रममा सप्तरीमा विभिन्न पार्टि परित्याग गरि लोकतान्त्रिक पार्टि नेपालमा प्रवेश गर्नेहरुको लहरै शुरु भएको हो । लोकतांत्रिक समाजवादी पार्टी नेपाल का केन्द्रीय नेता जय प्रकाश ठाकुर द्वारा सप्तरीको राजविराज नगरपालिका वडा नंः१३ का निर्वाचित कार्यपालिका सदस्य जय नारायण यादव लाई पार्टीको सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएको छ। उक्त कार्यक्रममा लोसपाका केन्द्रीय युवा नेता दिपेन्द्र चौधरीले अविर लगाई स्वागत गर्नु भएको थियो भने सो अवसरमा पार्टीका नेताहरू महेन्द्र खंग, सप्तरी जिल्ला सदस्य मो. सफिद महेन्द्र,वडा नेता रमेश सुतिहार ,ओम साह लगायतका उपस्थिति रहेको थियो। स्मरण रहोस यादव जसपा नेपाल परित्याग गरी लोसपा नेपाल प्रवेश गर्नु भएको हो। यस्तै पछिल्लोपटक स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेहरुको सङ्ख्यामा बृद्धि भएको छ ।

(Visited 9 times, 1 visits today)

HTML tutorial