मनकामनापोष्ट

Written by 3:44 pm ताजा अपडेट, बागमती प्रदेश, राष्ट्रिय

श्रीमतीको कुटाईबाट श्रीमान्को मृत्यु


हेटौंडा,चैत्र ०८ गते । हेटौंडा उपमहानगरपालिका ३ जम्बोमा श्रीमतीको कुटाईबाट एक श्रीमान्को ज्यान गएको छ । मंगलबार बेलुकी घरायसी विवादका क्रममा ४१ वर्षीया अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

श्रीमतीको कुटाईबाट गम्भीर घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको रिमालले बताए । मृतककी श्रीमती विकलाई मकवानपुर प्रहरीले पक्रेको छ । घटनाको अनुसन्धान गर्न प्रहरीटोली अहिले घटनास्थलमा गएको छ ।

(Visited 54 times, 1 visits today)

HTML tutorial