मनकामनापोष्ट

Written by 3:51 pm ताजा अपडेट, मधेस प्रदेश, समाज

नेकपा एमालेका युवा नेता गुप्ताको नेतृत्वमा सहितको टोलीले काठमाडौ पुगि गरे एमाले प्रबेश


रंजित चौरसिया
वीरगंज,चैत्र ०८ गते ।
नेकपा एमालेका पार्टी प्रवेश कार्यक्रम गरिएको छ।
नेकपा एमालेका पार्टी प्रवेश कार्यक्रम काठमाडौंको थापाथली स्थित एक होटेलमा गरिएको थियो।

वीरगंज महानगर पालिका वडा नं १० का स्थानीयहरुले विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा एमालेमा प्रबेश गरेका छन्।
वीरगंज महानगरपालिका वडा नं १० का युवा नेता अजय कुमार गुप्ताको नेतृत्वमा सहितको टोलीले काठमाडौ पुगि पार्टी प्रबेश गरेका छन्।

एमाले प्रवेश गर्नेहरुमा प्रेमचन्द साह कानु, रेणु कर्ण,विगु प्रसाद, रामबाबु पटेल,रोमी साह,विकाश साह कानु, विरेन्द्र लाल कर्ण,जितेश कुमार शर्मा, कन्हैया साह सोनार, रंजित यादव, मुकेश कुमार कुर्मी, रितेश कुमार शर्मा,राजिव साह लगायत सयौंको संख्यामा रहेको थियो। उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका र खाँदा ओढाइ पार्टीमा स्वागत गरेका छन् । सो अवसरमा नेकपाका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य राजकुमार गुप्ता, नेताहरु बसरुदिन अंसारी, शिव पटेल लगाएतको उपस्थिती रहेको थियो ।

(Visited 59 times, 1 visits today)

HTML tutorial