मनकामनापोष्ट

Written by 4:00 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

डा. बीरेन्द्र महतो रुसी महासंघको अवैतनिक दूतमा नियुक्त


काठमाडौं,चैत्र ०८ गते । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा व्यवसायी डा. बीरेन्द्र महतो रुसी महासंघको अवैतनिक दूतमा नियुक्त भएका छन् । परराष्ट्र मन्त्री डा. नारायण खड्काले रसियास्थित मस्कोबाट नेपालका लागि अवैतनिक दूतका रुपमा नियुक्त भई आएका जनता समाजवादी पार्टीका नेता तथा पूर्व सभासद तथा संविधानसभा सदस्य डा. बीरेन्द्र महतोलाई अवैतनिक दूतको रुपमा अनुमति दिइएका छन् ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले डा. महतोको कार्यालय भक्तपुर जिल्लामा अवस्थित हुने गरी अवैतनिक वाणिज्यदूतमा अनुमति दिइएको जनाएको छ । साथै महतोको कन्सुलर कार्यक्षेत्र भक्तपुर जिल्लाभर मिति २०८१ साल माघ २९ गते सम्म रहने जनाइएको छ ।

महतो गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोका भाइ हुन् । रुसी महासंघका अवैतनिक दूत महतो माछापुच्छ्रे बैंकका अध्यक्ष छन भने उनको परिवारको नेको इन्स्योरेन्स कम्पनीसहितका बीमा कम्पनी तथा अन्य वित्तिय संस्थाहरुमा समेत लगानी छ ।

(Visited 124 times, 1 visits today)

HTML tutorial