मनकामनापोष्ट

Written by 8:59 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

मधेस प्रदेशको प्रदेशसभा बैठक चौथो पटक पनि स्थगित


जनकपुर,चैत्र ९ गते । आजका लागि बोलाइएको मधेस प्रदेशको प्रदेशसभाको बैठक पुनः स्थगन गरिएको छ ।

सूचना जारी गर्दै प्रदेशसभाको बैठक विशेष कारणवश स्थगन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभाको बैठक चौथोपटक स्थगित भएको हो ।

यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगित भएका थिए ।

फागुन १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण, फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका कारण, फागुन २२ गते नेपाली कांग्रेसको अधिवेशन र गण्डकी प्रदेशका मुख्यमन्त्रीको मधेस प्रदेशको भ्रमणका कारण स्थगित गरिएको थियो ।

(Visited 9 times, 1 visits today)

HTML tutorial