मनकामनापोष्ट

Written by 10:01 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

विश्वको १० प्रदूषित सहरको सूचीभित्र काठमाडौँ


काठमाडौँ,चैत्र ०९ गते । विश्वकै प्रदूषित सहरमा खराब १० भित्रको सूचीमा परेको छ । मंगलबार विहान ९ः ४५ बजेको तथ्यांकअनुसार काठमाडौँको वायु विश्वको ९औं प्रदूषित सहरभित्रको सूचीमा छ ।

वायुको गणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आईक्युएयरका अनुसार मंगलबार काठमाडौँ विश्वकै प्रदूषित सहरको छैठौं स्थानमा थियो । स्विट्जरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार अहिले काठमाडौंको वायुको गुणस्तर ‘अस्वस्थकर’ स्तरमा छ ।

केही दिनदेखि काठमाडौँ उपत्यकाको वायुमण्डल सफा छैन । पोलुनस डट जीओभी डट एनपीका अनुसार बुधबार कीर्तिपुर क्षेत्रको वायुमण्डल बढी प्रदूषित छ । पोखरा, सिमारा, भरतपुर, धनकुटा र नेपालगञ्ज क्षेत्रको वायु पनि प्रदूषित अवस्थमा पुगेको छ ।

नेपाल सरकारले पनि काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा वायु प्रदूषण आपत्कालसम्बन्धी व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले तीन माघ २०७६ मा पारित गरेको यो कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्यूआई नाघेपछि विपद् घोषणा गर्ने भनिएको छ । अहिले काठमाडौँको एक्यूआई १६०को हाराहारीमा छ ।

(Visited 6 times, 1 visits today)

HTML tutorial