मनकामनापोष्ट

Written by 10:13 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

१५ वर्षीया किशोरी बलात्कृत


काठमाडौँ,चैत्र ९ गते । पर्सामा१५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोइरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

कोइरीले ती किशोरीलाई विवाह गर्छु भनी झुठा प्रलोभनमा पारी नयाँ–नयाँ स्थानमा घुमफिर गराउने वहानामा बलात्कार गरेको प्रहरीले जनाएको छ । पटक–पटक बलात्कार गरेको भन्ने जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका–१३ बाट पक्राउ गरको हो ।

(Visited 26 times, 1 visits today)

HTML tutorial