मनकामनापोष्ट

Written by 8:18 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

क्लव घर बनाउने बिषयमा झडप हुँदा, सांसद साह गम्भीर घाईते


नितेश कुमार पटेल
सर्लाही,चैत्र ११ गते ।
सर्लाही जिल्लाको बयलबासमा क्लव घर बनाउने बिषयमा झडप हुँदा, सांसद प्रमोद साह गम्भीर घाईते भएको छ । सर्लाहीको ईश्वरपुर नगपालिकामा क्लबको घर बनाउने विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ ।

आज शनिबार बयलवास बजारमा दुई पक्षबीच झडप भएको हो। झडपको क्रममा दुईपक्षका स्थानीयबीच ढुङ्गामुडा भएको छ । सोही क्रममा ढुङ्गा लागेर सर्लाही क्षेत्र नम्बर–१, का सांसद घाइते भएका छन्।
साहलाई उपचारको कर्ममा बयलबासस्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भएर थप उपचारको लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय केश्वरगंज प्रमुखले जानकारी गराएका छन् ।

बयलबासमा रहेको फूलजोर बाबा युवा क्लवको जग्गाको विषयमा केही दिन यता स्थानीय युवाहरूबीच विवाद बढ्दै आएका थिए। विवाद टुङ्गोमा न पुगेको अवस्थामा सांसद साह घटनास्थल पुगेलगत्तै झडप भएको इलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको छ । उक्त क्लबको भवन फुलजोर त्रिभुवनगर सडक खण्ड बाटोमा परेको कारणले केही समय पहिला आधा भत्काइएको थियो।

सडक छुट्टाएर बाँकी जग्गामा एक पक्षले क्लबको भवन बनाउन खोजेका थिए र क्लब घर सँगैका अर्को संसद पक्ष यही अवसरमा क्लबको घर निर्माणमा अवरोध गर्दै यहाँ न बनाउनु, हटाउनका लागि दुई स्थानीय पक्षबिच झडप भएको इलाका प्रहरी कार्यालय केश्वरगंजले जानकारी गराएका छन्।

(Visited 22 times, 1 visits today)

HTML tutorial