शुभ नारायण यादव
सप्तरी ,चैत्र १४ गते । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्री नवलकिशोर साहले डिजिटल फेमिली फोल्डर वनाउन ट्याव वितरण गरेका छन।सामाजिक विकास मन्त्रालयको सहयोगमा संचालित उक्त कार्यक्रम चालू आ. व. मा आठै जिल्लाका १६ वटा स्थानीय निकायहरू लागू भए वमोजिम आज सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका स्वास्थ्य चौकी प्रमुखहरूलाई वितरण गरेका हुन।उक्त कार्यक्रमले स्थानीय तहका प्रत्येक परिवारको स्वास्थ्य,शैक्षिक लगायतका डाटाहरु सत्य तथ्य वुझ्न मद्दत पुग्नेछ ।उक्त कार्यक्रममा नगरपालिका उपप्रमुख सरिता देवी यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशक विजय झा,स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव,१४ वटै वडाका वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो।
मन्त्री साहद्वारा डिजिटल फेमिली फोल्डर वनाउन ट्याव वितरण

(Visited 50 times, 1 visits today)