मनकामनापोष्ट

Written by 7:41 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

जनकपुरमा स्कुल बसको ठक्करले एक पुरुषको मृत्यू


जनकपुरधाम,चैत्र १७ गते । स्कुल बसको ठक्करबाट जनकपुरधाम १४ खाद्य संस्थान अगाडी आज विहान एक पुरुषको मृत्यु भएको छ ।

जनकपुरधामबाट लक्ष्मीनियाँतर्फ जाँदै गरेको पुष्पबाटिका स्कुल बसको ठक्करबाट क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका करिब ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको हो ।

प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरे । दुर्घटनालगत्तै फरार ठक्कर दिने स्कुल बसका चालकको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

(Visited 16 times, 1 visits today)

HTML tutorial