मनकामनापोष्ट

Written by 7:45 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

खेत जोत्दैगर्दा ट्याक्टरको रोटाभेटरमा परेर ५ वर्षकै बच्चाको मृत्यू


जनकपुरधाम,चैत्र १७ गते । ट्याक्टरको रोटाभेटरमा परेर महोत्तरीमा एक बच्चाको मृत्यू भएको छ । सोनमा गाउँपालिका ८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर बच्चाको मृत्यू भएको हो ।

स्थानीय कलाम हुसैनका ५ वर्षीय छोरा अकसर अलीको ट्याक्टरको रोटाभेटरमा परेर मृत्यु भएको महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिए । आफूसँगैका सिटमा बसाएर चालकले खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर २५ वर्षीय रामबाबुले चलाउने क्रममा यो घटना भएको छ । घटनालगत्तै ट्याक्टर चालक महेश फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

(Visited 32 times, 1 visits today)

HTML tutorial