मनकामनापोष्ट

Written by 7:48 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

सर्लाहीमा कार दुर्घटनामा एक भारतीय नागरिकको मृत्यू, ५ जना घाइते


सर्लाही,चैत्र १७ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा बुधबार राति भएको कार दुर्घटनामा एक भारतीय नागरिकको ज्यान गएको छ ।

दुर्घटनामा पाँचजना भारतीय नागरिक घाइते भएका छन् ।भारतको सोनवर्षाबाट नेपाल भित्रिएको कार नवलपुर हुँदै पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बीएम १५३७ नम्बरको भारतीय कार राति १० बजे लालबन्दी नगरपालिका–१७, स्थित कालिञ्जोर पुल छेउमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा कार चालक भारतको सीतामढी जिल्ला बयलडाबड धनुषी २ निवासी २२ वर्षीय नवीन यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । यादवलाई उपचारका लागि गढिमाई अस्पताल लालबन्दी ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

दुर्घटनामा मृतक चालककै गाउँका २७ वर्षीय अतुल कुमार, १९ वर्षीय उमेश भन्ने दिवयान्स यादव, २८ वर्षीय प्रिन्सराज राजपुत, २२ वर्षीय बजरङ्गी भन्ने शौरव यादव र भारत मुजफ्फरपुर रामनगर १ बस्ने २५ वर्षीय अजित यादव घाइते भएका छन् ।

उनीहरुमध्ये २७ वर्षीय अतुल कुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाँचै जना घाइतेको गढिमाई अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले तीव्र गतिका कारण नियन्त्रण गुमाएर कार दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । पूर्वतर्फ गइरहेको कार विपरीत लेनमा सडकबाट दक्षिणतर्फ १० फिट तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले बताए ।

(Visited 15 times, 1 visits today)

HTML tutorial