मनकामनापोष्ट

Written by 8:44 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

सर्लाहीमा क्रेनले ठक्कर दिदा एक छात्राको घटना स्थलमै मृत्यु


सर्लाही,चैत्र १७ गते । बागमती नगरपालिका–७ राजघाट स्थित नेमी चोक नजिक आज विहिबार मध्यान्ह क्रेनको ठक्कर दिदा स्थानीय १७ वर्षीया छात्राको मृत्यु भएको हो । घरबाट नव जन जागरण माध्यमिक विद्यालयमा अध्ययनका लागि साईकल चढि उत्तरतर्फ जाँदै गरेकी स्थानीय रविलाल परियारकी छोरी सुमित्रा परियारलाई विपरित दिशाबाट आईरहेको क्रेनले ठक्कर दिएको प्रहरीले जनाएको छ । विद्युत पोल बोक्ने, गाड्ने, उखेल्ने लगायत विभिन्न काममा प्रयोग हुने क्रेनको ठक्करबाट सुमित्राको घटनास्थलमै मृत्यु भएको छ ।
क्रेनमा रहेका चालक सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । आक्रोशित गाउँलेले क्रेनमा तोडफोडका साथै आगजनी समेत गरेका छन् ।

(Visited 92 times, 1 visits today)

HTML tutorial