मनकामनापोष्ट

Written by 8:43 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

गोलबजार नगरपालिका ११ बलकावाका वडाअध्यक्ष यादवको निधन



सिरहा, १८ चैत । सिरहाको गोलबजार नगरपालिका ११ बलकावाका वडाअध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको आज विहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।
गत फागुनमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजार आएका बेला बेहोस भएका थिए । उनलाई थप उपचारको लागि विराटनगर लगेपनि उपचारको क्रममा मृत्यु भएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए ।
उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए

(Visited 30 times, 1 visits today)

HTML tutorial