मनकामनापोष्ट

Written by 8:46 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

धनगढीबजारको तीन पसलमा आगलागि, लाखौंको धनमाल नष्ट


सिरहा,चैत १८ गते । सिरहाको धनगढीमाई नपा १० धनगढीबजारमा रहेको तीन वटा पसलमा आगलागीहुँदा लाखौं रुपैयाँको धनमाल जलेर नस्ट भएको छ । विहिवार राती स्थानीय गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जेनरल स्टोर र अशेश्वर साहको आईरण स्टोरमा आगलागीहुँदा नगद सहित करिव एक करोड मूल्य बरावरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागीका कारण गुञ्जेश्वर साहको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख ५० हजार नगद र २ तोलाभन्दा बढि सुनसमेत आगोमा परेको जनाएको छ ।
विलेक्षण साहको पसलमा रहेको ५० हजार नगद र धेरै सामान जलेर नष्टभएको छ । पक्कि भवनसमेत कामै नलाग्नेगरी जलेको विलेक्षणले वताए । अशेश्वर साहको आईरन पसलमा समेत क्षति पुगेको छ ।
पसलकै पछाडी रहेको घरमा राती टिभि हेरेर बसिरहेको बेला पसलबाट धुवानिस्केको छिमेकिले देखेर हल्ला गरेपछि थाहा पाएको विलेक्षणले बताए । उनले चापाकलबाट पानि भरेर निभाउने प्रयास गर्दागर्दै आगो फैलिएको बताए ।
विद्युत सर्टभएर आगो लाग लागि भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभास बुढाथोकीले जानकारी दिए । क्षतिको एकिन विवरण नआएपनि नगद, सुन, पसका सामानहरु र घर सहित करिव एक करोडको क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको प्रहरीले बताए ।
आगो स्थानीय, प्रहरी र गोलबजार, लहान र मिर्चैया नगरपालिकाबाट आएको दमकलले नियन्त्रण लिएको जनाएको छ ।

(Visited 24 times, 1 visits today)

HTML tutorial