अनिल बर्मा
बारा,चैत्र २० गते । विवाह दर्ता ऐन, २०२८ को दफा ४ को उपदफा (३) मा विवाह हुनसक्ने अवस्था अन्तरगत विवाह हुनको लागि पुरुषको उमेर २२ वर्ष र महिलाको १८ वर्ष पूरा भइसकेको हुनुपर्ने भनी व्यवस्था गरिएको छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ ले समानताको अधिकारको प्रत्याभूति गरेको छ भने धारा १२ ले स्वतन्त्रताको अधिकारको प्रत्याभूति गरेको छ। त्यस्तै मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १६(२) मा विवाहको इच्छा राख्ने स्त्री पुरुषको पूर्ण र स्वतन्त्र सहमतिबाट विवाह हुने व्यवस्था गरेको छ। महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि, १९७९ को धारा १,२,३ र धारा १६(ख) आफ्नो जीवनसंगी स्वतन्त्र र पूर्ण सहमतिमा विवाह हुने गरी समान अधिकारको प्रत्याभूति गरेको नागरिक तथा राजनैतिक अधिकार विषयक संयुक्त राष्ट्रसंघीय अनुबन्ध रहेको छ।
तर बारा जिल्ला हालको आदर्शकोतावाल गाउपालिका वडा न. १ बस्ने जोखु साह कानु र फुलमती देवीको नाती रमेश प्रशाद÷शान्ति देवीको २४ वर्षिय छोरा अनिल साहले रौतहट जिल्ला हाल मौलापुर नगरपालिका वडा न. ६ बस्ने जैसवालाका बाबु जगरनाथ प्रशाद÷ केवल देवीको नातिनी र रामाकान्त प्रशाद÷चन्दा देवीकी छोरी हेमा कुमारी जैसवाल संग रित पुर्वक कानुनि रुपमा अदालत द्वारा विवाह गरि स्वतन्त्र रुपमा आफ्नो जीवन यापन गर्न लाग्दा हेमा कुमारीका परिवार जनले विभिन्न किसिमका ढाक धम्कि दिनेगरेको दुवै जना दम्पतीले पिडित भएर पत्रकार समेलन गरि जनाएका छन्।
केटि पक्षले अर्थात हेमा कुमारीका बुबाले रौतहट जिल्ला प्रहरी कार्यालयमा अपहण तथा शारीरिक बन्धकिको मुद्दा समेत दिएर मेरो स्वतन्त्रता तथा मानवियता सम्बन्धि अधिकारको हनन गरि अरुको जीवनमा बाधा पुर्याई अदालतको पनि अपहेलित गरिरहेको जैसवालले वताइन। दिनहु मेरो ससुर बुबा लाइ आएर ज्यान मार्ने ढाका धम्कि दिनेगरेको जैसवाले बताइन।