मनकामनापोष्ट

Written by 2:38 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

महोत्तरी गौशालामा पुष्पकमल दहाल प्रचण्ड द्वारा प्रशासनिक भवन, मालपोत तथा नापी कार्यालयको उदघाटन


महोत्तरी,चैत्र २० गते । महोत्तरी जिल्लामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आज महोत्तरीमा प्रमुख अतथिका रूपमा गौशाला नगरपालिकाको नवनिर्मित प्रशासनिक कार्यालय भवन, मालपोत तथा नापी कार्यालयको उदघाटन गरेका छन्।

महोत्तरीको गौशाला नगरपालिकाको नवनिर्मित प्रशासनिक कार्यालय भवन, मालपोत तथा नापी कार्यालयको उदघाटन समारोहमा गिरिहमनिराज पोख्रेल जस्ता अन्य नेकपा माओवादीका कार्यकर्ता लगायत विभिन्न दलका कार्यक्ताहरु देखिएका छन।

दाहालाइ स्वागतका लागि केहि विद्यार्थीहरु ले नेतृ प्रस्तुत गरेका थिए भने कार्यकर्ताले, वीर सहिद अमर रहे, नेकाप माओवादी जिन्दाबाद, जस्ता नाराहरू लगाएका हो।दाहालका अनुसार बिहान ११ बजे बर्दिबासको खयरमारामा जनयुद्धका सहिदहरुको स्मरणमा निर्माण गर्न गरिने सहिद पार्कको शिलान्यास गरेका थिए र निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवन उदघाटन गर्ने कार्यक्रम सकेर आज दुईबजे गौशालामा आएका हो।

सो समारोह कार्यक्रममा माओवादी केन्द्रको मधेश प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, सहभागिता रहेको देखिएको छ।

(Visited 8 times, 1 visits today)

HTML tutorial