मनकामनापोष्ट

Written by 5:48 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

सर्लाहीमा तिब्र गति रोक्न ‘राडार गन’ प्रयोग


सर्लाही,चैत्र २१ गते । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरी पोष्ट फुलजोरमा सवारीसाधनको गति नियन्त्रण प्रयास गरेको छ ।

ट्राफिक प्रहरीले फुलजोर चोकमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘राडार गन’ प्रयोग गरेको हो । तीव्र गतिमा सवारी हाक्नाले दुर्घटना बढेको भन्दै राडार गनको प्रयोग गरेको ट्राफिक प्रहरी पोष्ट फुलजोरका प्रहरी सहायक निरीक्षक केदार पौडेलले बताए ।

उनले भने, ‘सवारी साधनको चाप बढ्दै गएको छ । ओभर टेकका साथै मादक पदार्थ सेवन गरेका लगायतका विभिन्न समस्याले सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । सवारी दुर्घटना हुने प्रमुख कारणहरुमा चालकको लापरवाही, मादक पदार्थ सेवन गरि सवारी साधन चलाउनु, सडक सेन्टरको अभाव, मौसमको खराबी, ओभरटेक, ट्राफिक नियमको उलङ्घन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमता भन्दा बढी यात्रु बोक्ने, सडक साँघुरो, सवारी चालक अनुमती पत्र बिना सवारी चलाउनु, दुर्घटनाको प्रमुख कारण रहेको उनको भनाइ छ ।

(Visited 5 times, 1 visits today)

HTML tutorial