मनकामनापोष्ट

Written by 10:22 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

तिव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही गर्दै ट्राफिक प्रहरी पोष्ट विरेन्द्रबजार,चेकजाँचमा कडाई



धनुषा,चैत्र २२ गते । धनुषाको पुर्व–पश्चिम लोकमार्ग सडकखण्ड सहज बनेसँगै तिव्र गतिमा सवारी साधन चलाउने क्रम बढेको छ ।

तिव्र गतिका कारण विगतमा पनि दुर्घटना भइरहेको र अहिले समेत दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरी पोष्ट विरेन्द्रबजारले तिव्र गतिका सवारी साधनलाई कारबाही गर्न सुरु गरेको छ ।
सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरी पोष्ट विरेन्द्रबजारले सबारी साधन चेकजाँचमा कडाई गरेको ट्राफिक प्रहरी पोष्ट विरेन्द्रबजारका प्रहरी सहायक निरीक्षक महेश्वर प्रसाद दाहालले बताउनु भायो ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरी पोष्ट विरेन्द्रबजारका प्रहरी सहायक निरीक्षक दाहालले बताए ।

(Visited 145 times, 1 visits today)

HTML tutorial