मनकामनापोष्ट

Written by 10:29 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

वडालाइ भ्रष्टाचार मुक्त गाउपालिका घोषणा गर्ने ःयुवा नेता यादव


शुभ नारायण यादव
सप्तरी,चेत्र २२ गते । सप्तरीको तिलाठि कोइलाडि गाउपालिकालाइ भविष्यमा भ्रष्टाचार मुक्त गाउपालिका बनाउने बताएका छन । जनता समाजवादी पार्टिका गाउपालिकाका भावि अध्यक्ष पदका उम्मेदवार समेत रहेका युवा नेता बिजय कुमार यादवले सो कुरा बताएका हुन । सन्चारकर्मिहरुसगको कुराकानिमा नेता यादवले आफ्नो उम्मेदवारी किन भन्ने प्रश्नको जवाफ दिदे उनले आफु युवा भएकाले युवाहरुलाइ रोजगारिको सुनिश्चितता सगे गरिब ,दलित तथा विपन्नहरुलाइ आर्थिक सहयोगका साथे गाउपलिकालाइ भयरहित बनाउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । नेता यादवले पछिल्लोपटक नेपालमे धेरै भ्रष्टाचार भएको गाउपालिका भनेर चिनिने यस तिलाठि कोइलाडि गाउपालिकालाइ आफु बिजय भए पछि भयमुक्त र भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता समेत जाहेर गरेका छन । सरकारि जागिर समेत छोडेर राजनितिकमा प्रवेश गरेका युवा नेता यादवले बढदो बेरोजगारीलाइ समाप्त गर्नुका साथे निकट भविष्यमा गाउपालिकाको प्रत्येक वडालाइ पिचिङ सहितको बाटोघाटो तथा हरेक निकायलाई आफु सुधार गर्ने बताएका छन । सप्तरीको तिलाठि कोइलाडि गाउपालिका वडा न.१ बेल्हि निवासि युवा नेता यादव भन्सारमा हुने चोरि ,निकासि तथा पेढारिलाइ न्युनिकरणमा समेत अहम भुमिका निर्वाह गर्नुका साथै निकट भविष्यमा आफु बिजय भए पछि अझै सुधार गर्ने बताएका छन । त्यस्तै पछिल्लोपटक युवाहरुको लागु ओषध सेबन गर्नेहरुको सङ्ख्यामा बृद्धि भएकाले युवाहरुलाइ जनचेतना फेलाइ लागु ओषध सेवन गर्ने कार्यलाई समेत रोक्ने अभियान सन्चालन गर्ने प्रतिबद्धता जनाएका छन । एका बिहानै देखि राति अबेर सम्म् जनताको दुख र सुखमा साथ दिदे आएका नेता यादवले भन्सार तथा सिमा वारिपारिमा हरेक जनतालाई सहयोग गर्दै आउनुका साथै जनताको जनभावना अनुसार काम गर्ने नेता भनेर समेत चिनिने गरेका छन । यसका साथै तिलाठि कोइलाडि गाउपालिकालाइ पुर्ण सरसफाइ युक्त गाउपालिका समेत घोषणा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

(Visited 66 times, 1 visits today)

HTML tutorial