रौतहट । नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले देशमा सुशासन नरहेको ठोकुवा गर्नु भएको छ। रौतहटको मौलापुरमा सुशासन पार्टी जिल्ला समिति द्वारा आयोजित सभालाई सोमबार प्रमुख अतिथिको आसनबाट सभालाई सम्बोधन गर्दै अध्यक्ष खरेलले म तत्कालिन अनुसन्धान अधिकृतको हैसियतबाट बोल्दैछु यदि साच्चिकै देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हो । हिन्दु संध बिरगंजको अध्यक्ष काशीनाथ तिवारी हत्याकाण्डमा प्रभु साहको संलग्नता रहेको दोहर्याउदै उहाँले हत्यारा भ्रष्टाचारीलाई सजाय दिलाउन तथा देशमा सुशासन कायम गराउन नेपाल सुशासन पार्टी स्थापना भएको दाबी गर्नु भयो ।
पुर्व गाविस उपाध्यक्ष सत्यनारायण पटेलको अध्यक्षतामा भएको सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य सविता झा, केन्द्रीय सदस्य तथा मौलापुर नगरपालिका मेयर प्रत्यासी आर सि यादव ,जिल्ला अध्यक्ष रञ्जित कुमार पटेल सहितका वक्ताले मौलापुर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गरि कडा कार्वाही गर्न सम्बन्धित निकाय संग जोडदार रुपमा माग गर्नु भयो ।सो अवसर बिभिन्न पार्टी परित्याग गरि सुशासन पार्टी प्रवेश गर्नेलाई केन्द्रीय अध्यक्ष खरेलले फुलको माला र टिका लगाई पार्टी प्रवेश गराउनु भयो ।
देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति होःरमेश खरेल केन्द्रीय अध्यक्ष ,नेपाल सुशासन पार्टी

(Visited 44 times, 1 visits today)