मनकामनापोष्ट

Written by 2:55 pm ताजा अपडेट, राष्ट्रिय, समाज

हंसपुरमा गहुँ खेतमा भेटियो युवकको शव


धनुषा,चै त्र२३ गते । धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।
जिल्लाको हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको शव हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
महराको शव सोही नगरपालिकाको वडा– ६ स्थित गहुँ खेतमा भेटिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको देखिएको छ । यस्तै पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको उनले बताए ।
‘महराको हत्या नै भएको देखिन्छ’ डीएसपी बस्नेतले भने, ‘मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लैजाने तयारी गरेका छौं ।’ उनका अनुसार शव भेटिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

(Visited 17 times, 1 visits today)

HTML tutorial