शुभ नारायण यादव
सप्तरी,चैत २३ गते । जनता समाजवादी पार्टी सप्तरीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्वघोषित उम्मेदवार घोषणा नगर्न आग्रह गरेका छ्न । पार्टीद्वारा बुधबार एक प्रेस बिज्ञाप्ति जारी गर्दै सो आग्रह गरेका हुन । जिल्ला अध्यक्ष केदार प्रसाद यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञाप्तिमा पार्टी निर्देशन विपरीत कार्य गर्ने जोकोहीलाई पनि अनुशासनको कारबाही हुने चेतावनी दिएको छ । स्थानीय तहको चुनावमा उम्मेदवार चयन प्रक्रियालाई प्रभावित गर्ने गतिविधि गर्न÷ नगराउन सम्बन्धित सबैसँग आग्रह गर्दै , पार्टी निर्देशन विपरीतको आफुलाई स्वघोषित उम्मेदवार भएको भनी भ्रम फैलाउने क्रियाकलाप बन्द नगरिए जोकोहीलाई पनि अनुशासनको कारबाही हुने विज्ञाप्तिमा भनिएको छ, । विज्ञाप्तिमा जिल्लामा केहि ब्यक्तिले पार्टी निर्देशन, विधी, प्रक्रिया र निर्वाचन सम्बन्धि कार्यबिधिलाई नै चुनैती दिने गरि आफुलाई उम्मेदवार भएको भनी सामाजिक संजालवाट जनतामा भ्रम फैलाउने गतिविधि गरेको प्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनता समाजवादी पार्टी सप्तरीले वडा देखि पालिका सम्म उम्मेदवार चयन गर्ने प्रक्रिया शुरु गरेको अबगत नै रहेको ,जसपद्वारा जारी प्रेस विज्ञाप्तिमा उल्लेख गरिएको छ, । पार्टीको स्थानीय तह निर्वाचन कार्यबिधी २०७९ अनुसार उम्मेदवार चयन गरि एकतह माथी सिफारिस गर्नुपर्ने प्राबधान रहेको विज्ञाप्तिमा भनिएको छ, पार्टीले निर्णय नै नगरी आकांक्षि उम्मेदवारले सामाजिक संजालमा प्रचार प्रसार गरिएको प्रती गम्भीर ध्यानाकर्षण भएको जनएको छ ।
जसपा सप्तरीद्वारा स्वाघोषित उम्मेदवार घोषणा नगर्न आग्रह
(Visited 14 times, 1 visits today)