मनकामनापोष्ट

Written by 3:01 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

सप्तरीमा नवजात शिशुको मृत्यु


शुभ नारायण यादव
सप्तरी,चैत २३ गते ।
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बुधवार एक नवजात शिशु (छोरा)को मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका छन् । उनीहरुले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.दिलीपकुमार साहको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका हुन् ।
गर्भवती अवस्थामा विगत पाँच महिनादेखि जिल्लाको बोदे बरसाइन नगरपालिका–७ हैठीकी २९ वर्षीया पुनिता कुमारी यादवले मेसु डा.साहकै ‘प्रसुति तथा स्त्री रोग क्लिनिक एण्ड डाइगनोष्ट्रिक डी. सेन्टर राजविराज’ नामक निजी क्लिनिकमा जाँच गराउँदै आएकी थिइन् । बुधवार व्यथा लागेपछि पुनितालाई प्रसूति गराउन अस्पताल ल्याएर भर्ना गरिएको थियो ।
‘विहान पनि डा.ले सबै ठिक छ नै भन्नुभयो तर प्रसूति गराउने बेलामा उहाँले गम्भीरता नदेखाएको कारण शिशुको मृत्यु भएको आफन्तजन निरजकुमार यादवले आरोप लगाउनु भयो ।
मेसु डा.साहकै सल्लाहअनुसार गर्भवति भाउजूलाई जाँचहरु गराउँदै आएतापनि सफल प्रसूति गराउनेतर्फ चिकित्सकहरुले लापरवाही गर्दा सो घटना हुन गएको यादवको कथन छ । उहाँले घटनाको छानबीन र दोषी चिकित्सकलाई कारवाही हुनुपर्ने माग गरेका छन ।
उता, मेसु डा.साहले बच्चा जन्मिदा सबै ठिकै रहेता पनि ‘मिकोनियम’ भएर शिशुको मृत्यु भएको बताउनु भयो । ‘अस्पतालको तर्फबाट कुनै प्रकारको लापरवाही नभएको बताउदै ‘डिलेभरी भएसँगै ‘मिकोनियम’ अर्थात बच्चाको दिसा मुख हुँदै स्वास नलीमा मिसिएर बच्चाको मृत्यु हुन गएको बताउनु भयो ।

(Visited 8 times, 1 visits today)

HTML tutorial