धनुषा,चैत्र २३ गते । महिनाको अन्तमा अर्थात् चैत महिनामा लाग्ने चैती दुर्गा मेला यसपाली पनि भव्यताको साथ लागेको छ।
धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ९ भठिहन टोलमा लाग्ने चैती दशै विगत पाँच सालको निरंतरता दिदै छठौ साल पनि मेला भव्यताको साथ लाग्ने भएको छ।
मेलाको सुरुवातिमा गत चैत १९ गते सनिवार माँ चैती दुर्गा “पुत्र–दात्री” र श्री श्री १०८ श्री माँ बैष्णो देविको मन्दिरको प्राङ्गणबाट निस्किएको श्रद्धालु–भक्तजनहरुको कलश यात्रा ठिल्ला,सबैलामा दुर्गा मन्दिरको दर्शन गर्दै गोबिन्दपुर–सतोषर धाम (कुशमाहा) मधेसको बहुचर्चित तथा धार्मिक स्थल रहेको सतोखरी तलाउमा कलशमा जल भरी श्री सप्तेश्वर महादेवको दर्शन गर्दै भक्तजनहरु मन्दिरको प्राङ्गणमा कलश राखेर घटस्थापना गरेका थिए।
माँ बैष्णो देविको मेला पनि विगत दुई सालदेखिको निरंतरता दिदै तेस्रो साल भव्यता पुर्वक लाग्ने भएको छन्। मुख्य, आकर्षकहरु चैत २५ गते धार्मिक जागरण र २६,२७ र २८ गते गरितीन दिने नाचप्रोग्राम रहेको मेला समितिले जनाएको छ।
त्यस्तै अर्को,
४ दिने मेलाको मुख्य कार्यक्रम‘
चैत २५ र २६ गते (शुक्रबार र सनिवार) मातारानिको खोईच भराई
त्यस्तैः धार्मिक कार्यक्रम जागरण दुई दिने (दिन÷रात)
दंगल÷कुस्तीः चैत २७ र २८ गते नामि÷ नेपालकै चर्चित पहलमान देवा थापासंग प्रतिस्पर्धा हुने
रात्रीमा दुई दिने नाचगानको व्यवस्था मेलामा आयोजना गरिएको छ।भव्य मेला चैतमा लाग्ने चैती दुर्गा र बैष्णो देवि मेला आयोजकले चैत २५ गतेदेखि २९ गतेसम्म आयोजना हुने मेलामा सहभागिताका लागि अनुरोध गरेको छ ।