मनकामनापोष्ट

Written by 4:49 pm ताजा अपडेट, राजनीति, राष्ट्रिय

आचारसंहिता लाग्नु अगावै नगरप्रमुखले फिर्ता गरे आफू चढ्ने सरकारी गाडी


कृष्णनगर,चैत्र २३ गते । निर्वाचन अचारसंहिता लाग्नुभन्दा अगावै कृष्णनगर नगरपालिकाका नगरप्रमुखले चढ्ने गाडी फिर्ता गरका छन ।

स्थानीय निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवारको रुपमा नेपालभरि कै नगरपालिकाका स्वतन्त्र उम्मेदवारमध्ये सबैभन्दा बढी फरक मतान्तरले जीत हासिल गरेका कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफू चढ्ने पालिकाको गाडी हस्तान्तरण गरिसकेको बताउनुभएको छ । निर्वाचन आचारसंहिता लाग्नुभन्दै पहिलै नै नगरपालिकाको गाडीको सांचो प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकाललाई सुम्पिएको नगरप्रमुख शाहले जानकारी दिनुभयो ।
आइतबार अफिस समयमा नगरपालिका पुगेर सेतो प्लेटको स्कारपियो गाडीलाई नगरपालिका तथा अन्य सरकारी कामकाजका लागि फसर्ता गरिएको छ । अन्य एउटा गाडी उपमेयर सबनम खातुनले चढ्ने पनि छिट्टै फिर्ता हुने योजना शाखा प्रमुख साकिर अहमद शाहले जानकारी गराउनुभयो ।
स्थानीय निर्वाचन २०७८ को आचार संहिता लागेसंगै जनप्रतिनिधिहरुले लिने सेवासुविधामा रोक लाग्ने भएकाले जिल्लामै पहिलो स्थानीय तहका जनप्रतिनिधिले गाडी फिर्ता गरेका हुन ।

(Visited 26 times, 1 visits today)

HTML tutorial