मनकामनापोष्ट

Written by 5:48 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

छिन्नमस्ता गापामा माओवादिका दुई बिनोद अध्यक्षको सम्भावित उम्मेदवार


शुभ नारायण यादव
सप्तरी,चैत्र २५ गते ।
सप्तरीको छिन्नमस्ता गाउपालिकामा नेकपा माओवादि केन्द्रबाट एउटे नाम गरेका दुई जना ब्यक्ति सहित अध्यक्ष पदको लागि उम्मेदवारी दिने सम्भावना रहेको छ । अगामि बेशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावि अभियानमा लागेका विभिन्न पार्टि मध्ये नेकपा माओवादि केन्द्रबाट सप्तरीको छिन्नमस्ता गाउपालिकामा वडा न.१ बरहि बिरपुरका बिनोद कुमार यादव र वडा न.४ लालापटिका बिनोद यादव गाउपालिका अध्यक्षको लागि सम्भावित उम्मेदवारको चर्चामा रहेका छन । निर्वाचनको समय नजिकिदै जादा अहिले विभिन्न राजनितिक दलका नेताहरु आ आफनो पक्षमा मतदान गर्नका लागि चुनावि मेदानमा ओलेृका छन । सोहि क्रममा नेकपा माओवादि केन्द्रबाट युवा नेता तथा यसअघि छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरका वडाअध्यक्षमा बिजयि भएका बिनोद कुमार यादव तथा विगत लामो समयदेखि माओवादिका लागेका अर्का युवा नेता बिनोद यादव समेतको नाम चर्चामा रहेको पार्टिले जनाएको छ । यसेगरि छिन्नमस्ता गाउपालिकामा नेकपा माओवादि केन्द्रबाट उपाध्यक्षमा राजु देवि यादवको नाम चर्चामा रहेका छन । त्यस्तै छिन्नमस्ता गाउपालिका वडा न.१ बाट बडाअध्यक्षका लागि युवा नेता ललन प्रसाद यादव , वडा न.२ बाट योगेन्द प्रसाद यादव ,वडा न.३ बाट अशोक कुमार यादव , वडा न.४ बाट बिरेन्द्र यादव र शम्भु खङ्ग , ५ वडाबाट शिबशङकर पण्डित , ६ वडाबाट कपलेश्वर साह र वडा न.७ बाट प्रमोद कुमार यादवको नाम चर्चामा रहेका छन । यसअघि छिन्नमस्ता गाउपालिका वडा न. ५ को बडाअध्यक्षमा नेकपा माओवादि केन्द्रबाट शिब शङकर पण्डित वडाअध्यक्षमा बिजयि भएको थियो । अहिले स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा गाउ ,टोल ,चिया पसल ,पान पसल लगायत सार्वजनिक स्थानहरुमा चुनावि चर्चा ने चलिरहेका छन ।

(Visited 164 times, 1 visits today)

HTML tutorial