मनकामनापोष्ट

Written by 6:49 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

मालपोतका हाकिम ५ लाख रुपैयाँ घुस सहित अख्तियारको फन्दामा


जनकपुरधाम, चैत २८ गते । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख ५ लाख रुपैयाँ घुस सहित अख्तियारको फन्दामा परेका छन् । मालपोत प्रमुख सुनिल झालाई सेवाग्राहीबाट लिएको पाँच लाख घुस रकम सहित अख्तियारले रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले उनलाई आज बिहान जनकपुरको भानुचोकबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो ।प्रमुख झा माथि अहिले अनुसन्धान भइरहेको जनाएको छ ।मुचुल्कासहितको कागजात तयार गरिरहेको जनाएको छ ।

(Visited 49 times, 1 visits today)

HTML tutorial