मनकामनापोष्ट

Written by 7:13 am ताजा अपडेट, मधेस प्रदेश, सुरक्षा/अपराध

एक युवक सहित ९३ किलो गाँजा बरामद


महोत्तरी,चैत्र २८ गते । सशस्त्र प्रहरीले महोत्तरीबाट प्रतिवन्धित ९३ केजी लागु औषध गाँजा सहित एक एक युवकलाई पक्राउ गरेको छ .

सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीबाट खटिएको स्क्वाड टोलिले मनरा शिसवा नगरपालिका ३ सोनौलबाट ना ३ ख ६९३५ नम्बरको ट्रक, चालक धादिङ जिल्ला धार्केका ३६ बर्षीय रमेश तामाङलाई ९३ किलो प्रतिबन्धित गाँजा र ट्रक सहित नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा त्यहा पुगेको टोलिले चेकजाँच गर्दा गाँजा बरामद भएको सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवास महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिए ।
नियन्त्रणमा लिएको तामाङ सहित बरामद गाँजा र ट्रक आवश्यक कार्यवाहिको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई बुझाउन लागएको छ ।

(Visited 7 times, 1 visits today)

HTML tutorial