मनकामनापोष्ट

Written by 7:25 am ताजा अपडेट, बागमती प्रदेश, राजनीति, राष्ट्रिय

सर्वोच्चद्धारा स्थानीय चुनाव रोक्न माग गर्दै दायर रिट स्थगित


काठमाडौं,चैत्र २८ गते । सर्वोच्च अदालतले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरेको रिट आज स्थगितको सुचीमा राखेको छ ।

जनप्रतिनिधीको समयअवधि ५ वर्ष सम्म भएको र पुरै समय काम गर्न पाउनुपर्छ भन्दै पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले सर्वोच्चमा दायर गरेको रिट सोमबारको पेसी सुचीबाट हटेको हो ।
चौरासियाले गत फागुन १३ गते उक्त रिट दर्ता गराएका थिए । सोमबार पेसी स्थगित भएपछि अब मुद्दाको पेसी कहिले हुन्छ त्यो बताइएको छैन् ।

(Visited 98 times, 1 visits today)

HTML tutorial