मनकामनापोष्ट

Written by 3:08 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

कृष्णनगर देखि बालक हराएको सूचना


अजय मिश्र
कृष्णनगर चैत्र २८ गते ।
अर्घाखाँची जिल्ला भुमिकास्थान गाउँपालिका घर भइ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ पुरानो बसपार्कमा होटल देउराली रेस्टोरेंट एण्ड लज संचालन गर्दै आएका बाबुराम भट्टराईको छोरा बर्ष १३ को विपिन भट्टराई कृष्णनगर बजार देखि हिजो साझ ७ बजेबाट सम्पर्क बिहिन बनेको पारिवारिक स्रोतले जनाएको छ ।

विपिन भट्टराई चैत्र २७ गते साझ कृष्णनगर बजार देखि हराएको उहाँ लगभग ४.५ फिट हाइट, गोरो रंगको, कालो टिसर्ट हाफ पाइन्ट र कालो चप्पल लगाएका थिए िउनी चन्द्रौटाको फफुरी इंग्लिश बोर्डिंग स्कूल कक्षा ७ मा पढ्ने विद्यार्थी समेत थिए ।

इलाका प्रहरी कार्यालय कृष्णनगरमा बालक हराएको उजुरी आएको र आफूहरू खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिएका छन् ।

बालकलाई खोजतलास गर्न सबैमा पारिवारिक श्रोतले अपिल गरेको छ ।
बालक फेला पार्ने महानुभाव हरू निम्न मोबाइल नम्बरमा ९८४९११४४५३, ९८५७०५५३६० मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

(Visited 24 times, 1 visits today)

HTML tutorial