मनकामनापोष्ट

Written by 3:20 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु


नितेश पटेल
सर्लाही,चैत्र २९ गते ।
सर्लाहीको मलंगवा नगरपालिका–९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आफ्नै घरको पानी का लागी कालधारा मोटर जोडेको क्रममा करेन्ट लागेर स्थानीय रघुनाथ साह गुप्ताको छोरा ३६ वर्षिय अवधेश सहको समय २ः२० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल सर्लाहीले जनाएको छ।

साहलाई प्रदेशिक अस्पतालमा मलंगवामा ल्याउँदा उपचारको कर्ममा चिकित्सकले मृत्यू घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी गराएका छन्।
उक्त स्थानमा प्रहरी टोली खटिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जानकारी गराउनुभयो।

(Visited 25 times, 1 visits today)

HTML tutorial