मनकामनापोष्ट

Written by 3:22 pm ताजा अपडेट, राष्ट्रिय, लुम्बिनी प्रदेश

वृजेश गुप्ता जसपा परित्याग गरि राप्रपा नेपालमा प्रवेश


कृष्णनगर, चैत्र २९ गते । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने वृजेश कुमार गुप्ता जनता समाजवादी पार्टी नेपाल परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

आज नै उनी एक विज्ञप्ति मार्फत जसपा परित्याग गरेको घोषणा गर्दै राप्रपा नेपालमा प्रवेश गरेका छन् । उनी जसपा नेपालको वडा नं २ कमिटी अध्यक्ष तथा जसपा नेपाल कपिलवस्तुको जिल्ला सदस्य समेतरहेका थिए । उनलाई एक कार्यक्रमका बिच राप्रपा नेपालका केन्द्रीय सदस्य दिनेश चन्द्र गुप्ताले पार्टीमा प्रवेश गराए ओिम प्रकाश कौलापुरी, रंजना कौलापुरी, राम चन्द्र लोहार, बिंदवासनी गुप्ता, संगीता गुप्ता, जिविका गुप्ता सहित अन्य व्यक्ति समेत प्रवेश गरेका छन् । वृजेश गुप्ता स्थानीय चुनावमा वडा नं २ बाट वडाध्यक्षमा उम्मेदवारी दिने बताए ।

(Visited 30 times, 1 visits today)

HTML tutorial