मनकामनापोष्ट

Written by 4:22 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

कुनै अर्को प्रशासकीय अधिकृतलाइ हाजिर गराएपनि पाललाई स्वीकार गर्न नसकिने ः अध्यक्ष सिंह


रंजित चौरसिया
बारा,चैत्र २९ गते ।
बारा जिल्लाकै बदनाम प्रशासकीय अधिकृतको रूपमा मानिने वकिल पाल उल्टै चोर कोतवालको डाटे उख्खान झै बनेका छन । पटक पटक फर्जि कागजात बनाउन सिपालु रहेका वकिल पाललाई देवताल गाउँपालिकाले हाजिर गराउन नमान्दा उल्टै चोर कोतवालको डाटे भन्ने उख्खानको बाटोमा मिडियालाई प्रयोग गर्दै आएका हुन ।

फर्जि कागजात बनाएर बिभिन्न मुद्दामा मुछिएका प्रशासकीय अधिकृत वकिल पाल देवताल गाउँपालिकामा गएकै दिन पुनः फर्जि कागजात बनाएकै कारण हाजिर गराउन नसकिने देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहले जानकारी दिनुभयो । उहाँले बाराको फेटा गाउँपालिका बाट फर्जि कामकै कारण २ महिना नबितिदै लखेटिएको उल्लेख गर्दै यस्ता भ्रष्ट प्रशासकीय अधिकृतलाइ कुनैपनि हालतमा हाजिर हुन दिन बताएका छन ।

फर्जि र किर्ते कागजातको सहयोगमा गाउँपालिका संचालनमा ल्याउन नसक्ने बताउदै अध्यक्ष सिंहले प्रशासकीय अधिकृत पाललाई कुनैपनि सर्तमा हाजिर गराउन नसकिने बताएका छन । हाजिर हुने दिन नै पालले किर्ते जालसाजि गरि गाउँपालिकाको लेटरप्याडको नमूना बनाइ चलानी र छाप बिनै हाजिर हुन खोजिएको कारण त्यसता भ्रष्ट अधिकृतलाई कुनैपनि हालतमा हाजिर गराउन नसकिने बताएका हुन । उहाँले पाल बाहेक कुनै अर्को प्रशासकीय अधिकृतलाई हाजिर गराउन तयार रहेपनि किर्ते र जालसाजी गर्ने अधिकृतलाई आफ्नो गाउँपालिका भित्र छिर्न समेत नदिने बताए ।

यता देवताल गाउँपालिकामा हाजिर हुन गएका प्रशासकीय अधिकृत वकिल पाललाई हाजिर नगराउदा उल्टै चोर कोतवालको डाटे भन्ने उख्खानमा लागेको देखिन्छ । हाजिर हुन गएका पाल सोहि दिन फर्जि कागजातको अधारमा हाजिर हुन खोज्दा अध्यक्ष सिंहले उनलाई गाउँपालिका बाट लखाटेका थिए । लखेटिएका पाल केहि मिडियालाई अधार बनाइ अध्यक्ष सिंहलाई समेत बदनाम गर्न आतुर भएको एक भिडियो क्लिपबाट प्रमानित भएको छ ।

प्रशासकीय अधिकृत वकिल पाल बारा जिल्लाकै बदनाम अधिकृत मध्ये एक हुन । उनले फेटा गाउपालिकाबाट लखेटिदा बारागढि गाउपालिकामा पुगेका थिए । तर त्याहापनि हाजिर नगराउदा स्थानीय प्रतिद्वन्द्वी सङ्ग सहकार्य गरि बारागढिमा समेत द्वन्द उतपन्न गराएका थिए । जसकारण बारागढिबाट समेत प्रशासकीय अधिकृत पाल लखेटिएका थिए । रौतहटको राइस मिल घटनादेखि लिएर स्थानीय तहमा समेत बदमासि गर्दै आएको बारे देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहले जानकारी पाउनसाथ हाजिर नगराइएको देवतालका कर्मचारीहरू बताउछन ।

यस्तो फर्जि र किर्ते कागजातको अधारमा पटक पटक बिवादमा पर्दै आएका प्रशासकीय अधिकृत वकिल पाल माथि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाण्डौको साथ साथै निर्वाचन आयोग नेपालको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।

(Visited 47 times, 1 visits today)

HTML tutorial