मनकामनापोष्ट

Written by 7:03 am ताजा अपडेट, राष्ट्रिय, लुम्बिनी प्रदेश, समाज

कृष्णनगर एमाले वडा नं १ बाट सर्वसम्मत मनोज जयसवालको नाम वडाध्यक्षमा सिफारिश


कृष्णनगर,चैत्र ३० गते । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ सेमरा बस्ने मनोज कुमार जयसवालको नाम नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ बाट वडाध्यक्षमा निर्विरोध सिफारिश गरिएको नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप कुमार मौर्यले जानकारी गराएका छन् ।

मनोज कुमार जयसवाल नेकपा एमाले पार्टीले गर्दै आएको सम्पूर्ण कार्यक्रममा सक्रिय सहभागिता जनाउदै आएका थिए । जयसवाल नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ कार्य कमिटी अध्यक्ष रहेका थिए िआउने चुनावमा उहां वडाध्यक्षमा उम्मेदवारी दिने र आफू सधै जनताको हितमा काम गर्ने बताउनुभयो ।

(Visited 13 times, 1 visits today)

HTML tutorial