मनकामनापोष्ट

Written by 11:09 am ताजा अपडेट, राष्ट्रिय, समाज

छिन्नमस्ता गाउपालिकाको बरहि बिरपुरमा लक्ष्मि मन्दिर निर्माण



शुभ नारायण यादव
सप्तरी,बैशाख ०५ गते ।
सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुर स्थित लक्ष्मि मन्दिर निर्माण कार्य धमाधम भइरहेको छ । वडा स्तरिय योजना अन्तरगत ८ लाख बजेटको लागतमा सो मन्दिर निर्माण कार्य भइरहेको वडाअध्यक्ष बिनोद कुमार यादवले जानकारी दिनुभयो । उक्त मन्दिर निर्माणको लागि पछिल्लो गत वर्ष ३ लाख तथा चालू आवको थप ८ लाख गरि कुल जम्मा ११ लाखको लागतमा सो मन्दिर निर्माण कार्य भइरहेको वडाअध्यक्ष यादवले जानकारी दिनुभयो । अगामि असार मसान्तसम्ममा सो मन्दिर निर्माण सु सम्पन्न हुने योजना रहेको उपभोक्ता समितिका कोषाध्यक्ष बिजय मालीले जानकारी दिनुभयो । उक्त मन्दिरको निर्माण कार्यको अनुगमनको क्रममा वडाअध्यक्ष बिनोद कुमार यादव , बयोवृद राजनितिककर्मि बालबोध झा , भुपु गाबिस अध्यक्ष राम नारायण महतो, युवा पत्रकार शुभ नारायण यादव , उपभोक्ता समिति अध्यक्ष सन्जय मिश्रा , विजय मिश्रा सहितकाहरुले गरेको छ । यसेबिच अनुगमनको क्रममा वडाअध्यक्ष यादवले सो मन्दिरको निर्माण कार्य निर्धारित समयमे सु सम्पन्न गर्न तथा गुणस्तरीय काम गर्न निर्देशन समेत दिनुभयो ।

(Visited 32 times, 1 visits today)

HTML tutorial