शुभ नारायण यादव
सप्तरी,बैशाख ०५ गते । नेपालको सप्तरीको राजविराज नगरपालिका वडा नं.५ मा चन्द्र शेखरको ९५ ओ जन्मजयन्ती मनाइएको छ । कुनौली बोडर एयरपोर्ट रोडमा रहेको राजविराज स्थित जानकी उ.मा.वि.को सभा हलमा म.वि.व,. क्याम्पस राजविराज को पूर्व क्याम्पस प्रमुख एवं गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष प्रा.डा.चिरंजिवी लाल देवको अध्यक्षता तथा नेपाल मामिलाको जानकार महिला दक्षता समिति केन्द्रिय सल्लाहकार नइ दिल्लीकि मुख्य अतिथी राणा शिवसंकर सिंहको प्रमुख अतिथि एवं संविधान सभा सांसद एवं ने.वि.संघ पूर्व केन्द्रिय अध्यक्ष ई.रंजित कर्णको विशिष्ट अतिथिमा छिमेकी मुलुक भारतका भूतपूर्व प्रधानमन्त्री माननीय चन्द्र शेखरको ९५ ओ जन्मजयन्तीमा अन्तरक्रिया एवं विभिन्न कार्यक्रम गरि मनाइएको हो। नेपालको राजनीतिक परिवर्तनमा चन्द्र शेखरको महत्वपूर्ण भूमिका रहेको विशिष्ट अतिथि रंजित कर्णले बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य बिनिता कर्ण, नेपाली कांग्रेस प्रदेश सभा २ ख सचिव पार्थो सरकार,सहसचिव सर्वेस्वरी देवी झा, नेपाली कांग्रेस महदेवा गाउँपालिका सभापति लोकेन्द्र नायक,नेपालि कागेसका भुषण देव,नेपाली कांग्रेस नेतृ ललिता कर्ण,काङ्ग्रेस नेता राजकुमार दास,शैलजा आचार्य फाउन्डेसन सप्तरी अध्यक्ष रिया राय संचैती, हरवाचरवा जिल्ला सदस्य संजु देवी राय,ई. लक्ष्मण रजक लगायतको उपस्थिति रहेको थियो ।
नेपालको सप्तरीमा पनि चन्द्र शेखरको ९५ ओ जन्मजयन्ती मनाइयो

(Visited 34 times, 1 visits today)