नितेश पटेल
सर्लाही,बैशाख ०५ गते । सर्लाही जिल्लाको मलंगवा नगरपालिका –१० स्थित जिल्ला विकास समिति चौकमा साइकको ठक्कबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ। सर्लाहीको कविलासि नगरपालिका –१० मा बस्ने राममोहीत पण्डितको को छोरा जीत कुमार पण्डित ले चलाएको साईकल बाट कबिलासी ना. पा.५ मा बस्ने ६८ वर्षीया अच्छेलाल यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जानकारी गराएको छ।
साइकलको ठक्करबाट गम्भीर घाइते यादव लाई ओम अस्पतालमा मलंगवा सर्लाहीमा ल्याउँदा उपचारको कर्ममा चिकित्सकले मृत्यू घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशंकर ले जानकारी दिनुभयो। ठक्कर दिने साइकल र साईकल चालक प्रहरीको नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।