मनकामनापोष्ट

Written by 11:22 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

छिन्नमस्ता गाउपालिकालाइ भयरहित भ्रष्टाचारमुक्त बनाउने ः युवा नेता जेपि यादव



शुभ नारायण यादव

सप्तरी,बैशाख ६ गते । सप्तरीको छिन्नमस्ता गाउपालिकालाइ भयरहित भ्रष्टाचारमुक्त गाउपालिका बनाउने लक्ष्य रहेको नेकपा माओवादि केन्द्रका युवा नेता जय प्रकाश यादव जेपिले बताएका छन । नेकपा माओवादि केन्द्रको सम्भावित उम्मेदवार समेत रहेका युवा नेता यादवले आफु बिजयि भएपछि जिल्लामै नमुना तथा भयरहित र भ्रष्टाचार मुक्त गाउपालिका बनाउने लक्ष्य रहेको बताएका हुन । सन्चारकर्मिहरुसगको कुराकानीमा नेता यादवले सबैभन्दा बढि दलित समुदायको बसोबास रहेको यश छिन्नमस्ता गाउपालिकाका बेरोजगार युवाहरुलाइ रोजगारिका साथै शिक्षाबाट बन्चित रहेका दलित समुदायका बालबालिकाहरुलाइ निशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन । यादवले यश अघिका गाउपालिका कार्य समितिका पदाधिकारीहरुले कोरोना भाइरसको नाममा करोडौंको भ्रष्टाचार गरेको बताउदै नेता यादवले त्यसको उचित छानबिन गर्नुपर्ने तथा गाउपालिकालाइ भयरहित भ्रष्टाचार मुक्त बनाउने बताएका हुन । विगत लामो समयदेखि विर्घाथि जिवनदेखि ने राजनितिकमा लागेका युवा नेता यादवले आफ्नो अमुल्य समय जनताको जनसेवामे बिताउदे आएका सु प्रसिद्ध नेता हुन । मातृकाप्रसाद यादव नेतृत्वको नेकपा माओवादिका जिल्ला इन्चार्ज समेत रहनु भएका युवा नेता यादवले सबैभन्दा बढि शिक्षा , स्वास्थ्य ,बेरोजगारहरुलाइ रोजगार दिनुका साथै कृषिमा थप लगानि गर्नुपर्नेमा जोड समेत दिएका छन । युवा नेता जेपि यादवके नेतृत्वमा यसअघि छिन्नमस्ता गाउपालिकामा जेष्ठ नागरिक तथा बयोबृद र अपांगता भएकाहरुलाइ समयमै सामाजिक सुरक्षा लगायतका बजेट उपलब्ध गराउनुपर्ने तथा कोरोनाको नाममा गाउपालिकामा भएको व्यापक भ्रष्टाचारको छानविन हुनुपर्ने माग गर्दै लामो समय सम्म आन्दोलन समेत गरेका थिए । जनताको जनभावना अनुसार एका बिहानै देखि अबेर राति सम्म राजनितिकमा लाग्दे आएका युवा नेता यादवले यसअघि यश छिन्नमस्ता गाउपालिकामा अशिक्षित अध्यक्ष भएके कारणले तीन वर्ष सम्म गाउँ सभा नभइ छिन्नमस्ता गाउपालिकाका जनताहरुले बिकासको मुख हेर्न नपाएकाले अब अगामि चुनावमा पढे लेखेका युवा नेतृत्वलाई चयन गर्न सम्पूर्ण छिन्नमस्ता गाउपालिकाका आम जनसमुदायहरुसग अनुरोध समेत गरेका छन ।

(Visited 11 times, 1 visits today)

HTML tutorial