मनकामनापोष्ट

Written by 10:01 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

दिलिप कुमार यादव जनमत पार्टी छोडेर जसपामा प्रवेश



कपिलवस्तु,बैशाख ७ गते । लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा जसपा नेपाल जिल्ला समन्वय समिति रूपन्देहीको पदाधिकारी बैठक विभिन्न निर्णयहरू गर्दै आज सम्पन्न भएको छ ।आजै डा.सिके राउतको नेतृत्वको जनमत पार्टीका संस्थापक एवं केन्द्रीय उद्दार तथा राहत विभागका प्रमुख दिलिप कुमार यादव जसपा प्रवेश गरेका छन् ।

उहाँ लाई लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले माला लगाई स्वागत गर्नु भयो साथै पूर्व मंत्री वकील मुसलमान,केंद्रीय सदस्य मनिकर कार्की जिला अध्यक्ष रामअवतार यादव लगायत जसपा नेता हरु ले उहाँलाई हार्दिक स्वागत गर्नु भयो िजसको सम्पूर्ण जानकारी लुम्बिनी प्रदेश जसपा नेपालका प्रवक्ता अकरम पठानले दिए ।

(Visited 27 times, 1 visits today)

HTML tutorial