मनकामनापोष्ट

Written by 4:08 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

एमालेद्वारा पकाहामैनपुरमा घरदैलो , पालिकाको बिकाशको लागी एमाले आवश्यक नेता गुप्ता


बिनयकृष्णा कुशवाहा
वीरगंज,बैशाख ७ गते ।
नेकपा एमाले पकाहामैनपुर गाऊँपालिकाकमिटीको आयोजनामा आज पकाहामैनपुर गाऊँपालिकाको वडा नम्बर १ धोरेमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका गाऊँपालिका कमिटी अध्यक्ष अकलेश साह , प्रमुख पदका उम्मेदवार राजेश सहनी , उपप्रमुख पदका उम्मेदवार कुमारी निर्मला चौरसिया ,वडा अध्यक्ष पदका उम्मेदवार रम्भा देवी सहितको नेताहरुको सहभागितामा घर दैलो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा नेताहरु घरघरमा पुगी मतदाता संग भेटगरी आफनो पक्षमा मत हाल्न अनुरोध गरेका थिए । उहाँहरुले पकाहामैनपुरको बिकाश गर्न एमालेको सरकार आवश्यक पर्ने भएकोले सुर्यमा मतदान गरी बिजय गराउन अनुरोध गरेका थिए । एमालेले गरेको बिकाशको लहर देखेर एमालेको पक्षमा जनलहर उभिएपछी पाँच दलीय गठबन्धन भएको हो तर त्यो गठबन्धन होईन उनिहरूले ठगबन्धन बनाएको सहभागीहरुले बताएका थिए ।गाऊँपालिका कमिटीका अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद , जिल्ला कमिटी सदस्य बिकाश पाण्डेय , वडा न ४ का वडा प्रत्यासी धामु शर्मा , वडा न ५ का रामबाबु चौरसारिया ,बीरेन्द्र पटेल , रामबाबु चौरसिया , सुरेन्द्र सहनी लगायतको उस्तिथि रहेको थियो ।

(Visited 12 times, 1 visits today)

HTML tutorial